नवलपरासीपूर्वमा‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
मध्यविन्दु (नवलपरासी), ३ चैत : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँले बताउनुभयो । अभियानअन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका करिब एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । “चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफ्लाइटिसका १५ जना सङ्क्रमित फेलापरेका छन्, तीमध्ये छ जनाको मृत्यु भइसकेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणदर बर्सेनि बढ्दै जान थालेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)लाई लक्षित गरेर खोप अभियान सञ्चालन गरिएको हो ।” जिल्लामा रोगको जोखिम बढ्दै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालले बताउनुभयो । उहाँका अनुसार अभियानमार्फत जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आर्थिक वर्ष २०७९÷८० मा सात जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी आव २०८०÷८१ मा आठ जनामा सङ्क्रमण देखिएकोमध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्रमुख चापागाईँका अनुसार जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टे मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन् । यिनीहरूले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापनिज इन्सेफ्लाइटिस बढी देखिने गर्दछ । विश्वभर प्रत्येक वर्ष ५० हजारभन्दा बढी व्यक्तिमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण हुने गरेको तथ्याङ्क छ । यसमध्ये १० देखि १५ हजार जनाको मृत्यु हुने गरेको जनाइएको छ ।
ताजा अपडेट
- आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
- ऊर्जा र जलस्रोतको विकासका लागि तीन तहका सरकारबीच समन्वय बढाइने
- दुई फर्मलाई विभागको जरिवाना
- मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह
- प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया