Techie IT
  • मंगलबार, वैशाख ८, २०८३ / Tuesday, April 21, 2026
गृहपृष्ठमुख्य समाचारदेउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


देउखुरी (दाङ), ४ चैत : गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



तपाईको प्रतिक्रिया