Techie IT
  • मंगलबार, वैशाख ८, २०८३ / Tuesday, April 21, 2026
गृहपृष्ठमुख्य समाचारहावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या


टक्सार (भोजपुर), ४ चैतः हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो । सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीसँगै वर्षात हुने भएकाले कार्यरत सुरक्षाकर्मीलाई सहज रुपमा बसोबासमा समस्या भएको हो । हावाहुरीले भोजपुरमा भौतिक संरचनामा बढी क्षति पु¥याएको छ । जिल्लामा घरका छाना विद्यालयका छाना, स्वास्थ्य संस्था, रेडियोको टावर, नेपाल टेकिलमको टावर लगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले बताउनुभयो । उहाँका अनुसार अहिले क्षतिको विवरण सङ्कलन भइरहेको छ । हावाहुरीले भौतिक संरचनामा क्षति पु¥याएकाले विवरण सङ्कलन भए पश्चात राहतका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरिने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयोे । स्थानीय तहहरुले राहत तथा विवरण सङ¬्कलन गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया