पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु’
वालिङ (स्याङ्जा), ४ चैतः आँधीखोला गाउँपालिका–१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको रोजाइमा परेको छ । सिरुबारी सामुदायिक घरबास (होमस्टे) पुग्ने मूल सडक किनारमा यो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । आँधीखोला गाउँपालिका–१ वडाध्यक्ष पवनकाजी अधिकारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ देखि यस ठाउँमा पर्यापर्यटनको माध्यमबाट स्थानीयलाई रोजगारीसँग जोड्नेगरी कार्यक्रम अगाडि सारिएको छ । “म्हाजु भञ्ज्याङमा पर्यापर्यटन उद्यान, माझकटेरी म्हाजु स्वागत द्वार निर्माण, आकर्षक झुला, प्रतिक्षालय, म्हाजुभञ्ज्याङ इकोभिलेज एन्ड रेष्टोको रूपमा विकास गरिएको छ”, उहाँले भन्नुभयो, “यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय अग्र्यानिक स्वाद पस्कनुका साथै स्थानीयस्तरमा उत्पादित वस्तुको बिक्रीका लागि कोसेली घर पनि निर्माण गरिएको छ ।” आँधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा यस ठाउँमा पूर्वाधार विकासका लागि झन्डै रु एक करोड लगानी भइसकेको वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । वडा कार्यालयले सार्वजनिक जमिनलाई भाडामा लगाएर ‘इको स्टे’ सञ्चालन गरेकाले स्थानीय १० जना युवकले रोजगारी पाएका छन् । दैनिक ५०० आन्तरिक तथा बाह्य पर्यटक म्हाजु आउने गरेका छन् ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया