तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल
तुलसीपुर (दाङ), ५ चैतः यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामी लाभान्वित भइरहेका छन् । लुम्बिनी प्रदेश राजधानीसमेत रहेको यस क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पतालमा दाङको राप्ती, गढवा, बङ्गलाचुली गाउँपालिकासहित छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका विभिन्न क्षेत्रबाट समेत बिरामी आउने गरेका छन् । अस्पताल विकास समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अन्य क्षेत्र र जिल्लाबाट समेत बिरामी आउने गरेको बताउनुभयो । बिरामीको चाप बढी भएकाले व्यवस्थापनमा केही दबाब भए पनि नागरिकको विश्वास जित्न थालेकाले आफूहरूलाई काम गर्ने हौसला मिलिरहेको उहाँको भनाइ छ । “यो अस्पताल स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएका थियौँ, हाल दाङसहित प्यूठान, अर्घाखाँचीसम्मका नागरिकले पनि सेवा लिइरहेका छन् । यो हाम्रो सेवाप्रतिको भरोसा पनि हो”, अध्यक्ष विष्टले भन्नुभयो । अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेलले यहाँबाट दैनिक एक सयदेखि डेढ सय बिरामीले सेवा लिने गरेको बताउनुभयो । कुनै कुनै समयमा दैनिक दुई सयसम्म बिरामी आउने गरेको पनि उहाँले जानकारी दिनुभयो । “अस्पतालमा हाल चौबिसै घण्टा आपत्कालीन सेवा, बहिरङ्ग सेवा, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशाला, सुरक्षित गर्भपतन, आमा सुरक्षा कार्यक्रम र बिरामी भर्ना गर्ने इन्डोर सेवा सञ्चालनमा छ । यस्तै, प्रत्येक महिनाको अन्तिम शनिबार हाडजोर्नीको विशेषज्ञ सेवासमेत सञ्चालनमा छ”, प्रशासन प्रमुख पौडेलले भन्नुभयो । हाल यहाँ कन्सल्टेन्ट डाक्टर एकजना, मेडिकल अफिसर चार, स्टाफनर्स, हेल्थअसिस्टेन्ट, अहेब, अनमी पाँच÷पाँच जना तथा एनेस्थेसिया असिस्टेन्ट र असिस्टेन्ट फार्मेसी एक÷एक जना रहेका छन् । यस्तै, ल्याब टेक्निसियन एक जना, ल्याब असिस्टेन्ट चार, रेडियोग्राफर दुई, अस्पताल प्रशासक र कम्प्युटर अप्रेटर एक÷एक जना रहेका छन् । सेवा सहजताका लागि अक्सिजन सिलिण्डरसहितको सुविधा सम्पन्न एम्बुलेन्स पनि व्यवस्था गरिएको छ । हाल अस्पतालमा आएका सामान्य बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको र चाँडै शल्यक्रिया सेवासमेत सुरु गर्ने तयारी भइरहेको प्रशासन प्रमुख पौडेलले बताउनुभयो । सकेसम्म विशेषज्ञ सेवा लिन टाढा जान नपरोस् भन्ने उद्देश्यले अस्पतालको सेवा विस्तार गर्न लागिएको उहाँको भनाइ छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया