बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
सिरहा, ६ चैतः सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालत सिरहा अगाडि नै उहाँले कार्यालय खोलेर लेखापढी व्यवसाय गर्दै आउनुभएको थियो । उहाँलाई शङ्काका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “हामीले शङ्काका आधारमा एक जनालाई पक्राउ गरी चार दिनदेखि अनुसन्धान गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिनेछ ।” गएको फागुन २७ गते बार एसोेसिएसनको कार्यालयमा कुकर बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी सिरहा नगरपालिका–१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । विस्फोटबाट कार्यालयका कम्प्युटरलगायतका सामग्रीको समेत क्षति पुगेको थियो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया