प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै कामपा
काठमाडौँ, ६ चैत : काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कामपाले उक्त तालिम प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत गरिसकेको कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने उहाँले बताउनुभयो । दुर्घटना, चोटपटक, अचानक बिरामी अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । “आपत्कालीन अवस्थाका व्यक्तिको जीवनरक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर तालिम सञ्चालन गर्न लागेका हौँ”, कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परताजस्ता सूचकका आधारमा तालिम सञ्चालन गरिनेछ । एकपटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन् ।” हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिम सञ्चालन गर्न वडामा रु एक लाख ६३ हजार ८५० को दरले खर्च हुने जनाइएको छ ।
ताजा अपडेट
- अमेरिका–नेपाल साझेदारी विस्तारमा जोड
- साताव्यापी खोज अभियानः खैरो हेरोइनसहित ११ जना पक्राउ
- रास्वपा सभापति लामिछाने भारत प्रस्थान
- तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई
- परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
- बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
- विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया