नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक
मध्यविन्दु (नवलपरासी), ६ चैतः वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्षाका कारण हुनसक्ने दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रातिको समयमा ठूला सवारीसाधन सञ्चालनमा आंशिक रोक लगाइएको हो । नारायणघाट-बुटवल सडक आयोजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी विकास खनालका अनुसार आज दिउँसोदेखि परेको वर्षाले दाउन्ने खण्डको सडक चिप्लो भई विशेषगरी ठूला मालवाहक सवारीसाधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि सडक जाम कम गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारी सञ्चालनमा आंशिक रोक लगाउने निर्णय गरिएको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आजदेखि चैत ८ गतेसम्म हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सोही अवस्थालाई मध्यनजर गर्दै आजदेखि चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोक्ने निर्णय गरिएको छ । सूचना अधिकारी खनालका अनुसार साना तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइनेछ । सो क्षेत्रमा सडक मर्मतसम्भारको काम भइरहेकाले अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको उहाँले बताउनुभयो । योजना कार्यालयले यस अवधिमा सवारी सञ्चालन गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ ।
ताजा अपडेट
- अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्
- पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना
- आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
- लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
- मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया