डोल्पा, ९ चैतः त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको जनाइएको छ । नेपाली सेनाको संयुक्त गस्ती टोलीले आज बिहान ३ः३० बजे त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मार्ने क्रममा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टर नियन्त्रणमा लिएको हो । श्री सङ्ग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा नेपाली सेना र निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटको संयुक्त टोलीले उक्त कारबाही गरेको जनाइएको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक), रुकुमपश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक (चालक) तथा त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया छन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दोहोरो भरपाइसहित निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको श्री सङ्ग्राम शार्दूल गुल्मका सेनानी हरिश शाहीले बताउनुभयो । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत विज्ञान सेनका अनुसार निकुञ्ज क्षेत्रबाट अनुमति नलिई जडीबुटी सङ्कलन गरेको र जिल्ला बाहिर पठाउन लागेको अवस्थामा बरामद गरिएको हो । पछिल्लो समय डोल्पामा जठामसी (भुल्ते) सङ्कलनमा प्रतिबन्ध लगाइएको र पदमचालको हकमा समेत कार्ययोजना अध्ययनपछि मात्र उपयुक्त क्षेत्र पहिचान गरी अनुमति दिइने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया