बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति
देवदह (रुपन्देही), ९ चैत : दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठूलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण काँचो इँटा नष्ट भएको लुम्बिनी इँटा व्यवसायी सङ्घका महासचिव बाबुराम पाठकले जानकारी दिनुभयो । “जिल्लामा हाल ३० वटा इँटा उद्योग सञ्चालनमा छन् । पछिल्लो समय कोइला र पेट्रोलियम पदार्थ (डिजेल)मा मूल्यवृद्धि हुँदा उद्योगी मारमा परेका छन्, त्यसैमा वर्षाका कारण करोडौँ इँटामा क्षति हुँदा थप मर्कामा परेका छौँ”, उहाँले भन्नुभयो । सङ्घका निवर्तमान अध्यक्ष तथा आरएन ब्रिक्सका सञ्चालक अजयकुमार गुप्ताले रुपन्देहीमा करिब रु तीन करोडभन्दा बढीको काँचो इँटा नष्ट भएको बताउनुभयो । नेपाल इँटा उद्योग महासङ्घका सहकोषाध्यक्षसमेत रहनुभएका उहाँले पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा वर्षाले नष्ट भएको जानकारी दिनुभयो । काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगी–व्यवसायी बर्सेनि मर्कामा पर्ने गरेको गुप्ताले बताउनुभयो । अन्य उद्योग–व्यवसाय जस्तै सरकारले काँचो इँटाको बिमा गर्ने नीति ल्याउनुपर्ने यहाँका व्यवसायीको माग छ । —
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया