Techie IT
  • सोमबार, भदौ १५, २०८३ / Monday, August 31, 2026
गृहपृष्ठमुख्य समाचारफागुन २१ काे चुनावका आज नयाँ दल दर्ताको अन्तिम दिन

फागुन २१ काे चुनावका आज नयाँ दल दर्ताको अन्तिम दिन


काठमाडौं:  नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो।
यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन्। केहीले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन्।

निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ। जम्मा संख्याको टुंगो आज लाग्ने छ।

यस्तै, मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्का लागि निवेदन दिनुपर्ने समय तोकिएको छ।



तपाईको प्रतिक्रिया