वीरगञ्ज (पर्सा), १० चैतः पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा आसपासको सहर भ्रमण गर्न अनुरोध गर्नुभयो । अध्यक्ष सुवेदीले पोखरामा छ खर्बको लगानीमा एक हजार २०० भन्दा धेरै होटल रहेको जानकारी दिनुभयो । “पोखरामा एकै दिन ४० हजारभन्दा धेरै पर्यटकलाई आतिथ्य सत्कार दिन सक्ने क्षमता रहेको छ,” उहाँले भन्नुभयो, “पोखरामा मनोरम दृश्य तथा प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटकहरुलाई निम्तो गर्दछु ।” टान गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरालगायतका क्षेत्रमा मनोरम हिमालयनका दृश्यावलोकन र टे«किङका लागि उत्कृष्ट गन्तव्य भएकाले पनि आउनका लागि अनुरोध गर्नुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पोखरामा आतिथ्य सत्कार राम्रो भएकाले पनि सीमावर्ती सहरका पर्यटकको उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो । विगतमा मुग्लिन–पोखरा सडकखण्डको दुरावस्था भए पनि अहिले स्थलमार्ग निकै राम्रो भएकाले पनि पर्यटकको आउजाउमा सहज हुने वातावरण भएको छ । सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवालले सिमरा र पोखराबीच विगतमा भएको हवाई सेवालाई फेरि निरन्तरता दिनुपर्ने बताउनुभयो । जाउँ है पोखरा अभियानअन्तर्गत वीरगञ्ज–विराटनगर–इलाम हुँदै हेटौँडासम्म पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया