संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’
म्याग्दी, १२ चैतः म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा आज बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले संस्कृतिकर्मी श्रेष्ठलाई नगद रु २५ हजार र कदरपत्र प्रदान गर्नाका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारले स्थापना गरेको संस्थाले हरेक दुई/दुई वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार अर्पण गर्दै आएको छ । विसं २०८२ को पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको हो । निरन्तर पाँच दशकसम्म गीत, सङ्गीत र नृत्यकलामा अनवरत लगावका साथै साहित्यको माध्यमबाट समाजमा पुर्याएको योगदानस्वरूप पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बेनीको पुरानो सांस्कृति समूह ‘दोभान ब्यान्ड’का सदस्य श्रेष्ठले पचासको दशकमा ‘रेल पुग्यो बम्बैमा’, ‘भेट भयो सलल’मा स्वराङ्कन गर्नाका साथै ‘जिस्की नहिँड’ पपगीत एल्बम बजारमा ल्याउनुभएको थियो । सम्मान र ताली (कथा सङ्ग्रह २०७२) र तिम्रै यादमा (गीत सङ्ग्रह २०७८) प्रकाशन गरेका श्रेष्ठ विगत १२ वर्षयता नेपाल भाषा मंका खःलः म्याग्दीको सांस्कृतिक संयोजकको जिम्मेवारीमा हुनुहुन्छ । संस्थाले २०४९ सालदेखि हालसम्म १९ जनालाई पुरस्कार प्रदान गरेको छ । भैरवबहादुर श्रेष्ठ (२०४९), टीकाबहादुर श्रेष्ठ (२०५०), दीपबहादुर खड्का (२०५२), धनकुमारी थापा (२०५३), रत्नप्रसाद श्रेष्ठ (२०५४), ठाकुरप्रसाद पराजुली (२०५६), वीरबहादुर कार्की (२०५८), खड्ग गर्बुजा (२०६०), होमनाथ सुवेदी (२०६२), लक्ष्मीप्रसाद श्रेष्ठ (२०६४), अबिरकुमार श्रेष्ठ (२०६६), ध्रुवलाल शर्मा (२०६८), अङ्गद श्रेष्ठ (२०७०), खगेन्द्रमिलन श्रेष्ठ (२०७२), डा कर्ण बानियाँ (२०७४), तुलप्रसाद श्रेष्ठ (२०७६), प्रकाशकुमार श्रेष्ठ (२०७८) र चन्द्रप्रकाश बानियाँ (२०८०) पुरस्कृत हुनुभएको थियो । पुरस्कार वितरण समारोहमा संस्थाको मुखपत्र ‘गङ्गा’ पनि विमोचन गरिएको सचिव अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया