Techie IT
  • बुधबार, वैशाख ९, २०८३ / Wednesday, April 22, 2026
गृहपृष्ठराजनीतियुवा सांसद् भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा

युवा सांसद् भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा


काठमाडौँ, १२ चैतः सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ््नो भूमिका जेन–जी बिद्रोहको भावनालाई सदनको रोष्टमबाट जीवन्त राख्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो । सपथसँगै आफ्नो संसदीय यात्रा सुरु भएको उल्लेख गर्दै २६ वर्षे खनालले भन्नुभयो, “यो मेरो एक्लो पाइला होइन, प्रत्येक मतदाताको भरोसा र हजारौँ युवाहरुको आशाको सामूहिक यात्रा हो ।” गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि प्रतिनिधिसभामा उहाँ र उहाँको उमेर समूहको प्रतिनिधित्व बढेको छ । त्यसैले आज भएको प्रतिनिधिसभा सदस्यहरूको सपथ ग्रहण समारोह केबल संवैधानिक प्रक्रिया मात्र नभइ संसद्मा युवा समूहको बाहुल्य प्रतिनिधित्वले संसद्लाई सुन्दर बनाएको छ । राजनीतिक यात्रा सुरु गरेको छोटो समयमा सांसदीय यात्रा सुरु गर्नुभएका २६ वर्षीया सांसद केपी खनालले इमान्दारिताका साथ काम गर्ने प्रण गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा जेनजी उमेर समूहको उल्लेख्य प्रतिनिधित्व छ, त्यसैले हामी उत्साही छौँ, जिम्मेवारी पनि त्यत्तिकै महसुस भइरहेको छ । जनतालाई ‘डेलिभरी’ दिनु हाम्रो कर्तव्य हो । पारदर्शिता, इमान्दारिता र जवाफदेहिताका आधारमा काम गर्छौं ।” उहाँले संसद् समारोहमा बुवाआमालाई साथमै लिएर आउनुभएको थियो । विगत १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय खनालले अब जनताकोे आवाज अब संसद्मा उठान गर्नका लागि तयार रहेको बताउनुभयो । आफू कैलाली–२ बाट निर्वाचित भए पनि सुदूरपश्चिमको प्रतिनिधि नभई देशभरका जनताको सेवकका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी उमेर समूहकी २५ वर्षीया सांसद रुवीकुमारी ठाकुरले मधेसका युवा र महिलाको मुद्दा प्राथमिकताका साथ सदनमा उठाउने प्रण गर्नुभयो । मैथिली र नेपाली भाषामा सपथ ग्रहण गरेपछि उहाँले आफ्ना पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा भएको बताउनुभयो । सिभिल इन्जिनियरिङ विषय अध्ययनरत उहाँले मधेसको बेरोजगारी र वैदेशिक रोजगारका मुद्दालाई पनि कानुनमार्फत सम्बोधन गर्ने आफ्नो योजना रहेको बताउनुभयो । युवा सांसद सस्मित पोखरेलले आफूले राजनीतिक र कानुनी छिद्रहरूको अध्ययन सुरु गरिसकेको बताउनुभयो । त्यसका लागि नयाँ कानून निर्माण, आवश्यक संशोधनका लागि विशेषज्ञ टिम निर्माणमा गृहकार्य थालेको उल्लेख गर्नुभयो । “सपथपछि जिम्मेवारी अझ बढेको महसुस भएको छ । अब पाँच वर्षमा के गर्ने भन्ने कुरा स्पष्ट छ”, उहाँले भन्नुभयो । —



तपाईको प्रतिक्रिया