गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले सचिव अर्याल
काठमाडौँ, १२ चैतः नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताउनुभएको छ । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो प्रतिबद्धता हुन्छ, सहकार्यको अपेक्षा हुन्छ”, एमाले सचिव अर्यालले भन्नुभयो, “हाम्रो चाहना भनेको जनसेवा र राष्ट्रसेवा हो, यसका लागि धेरै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर काम गर्नुपर्ने हुन्छ, मुलुकको विकास र समृद्धि जनताको आवाजलाई बुलन्द बनाउन आफ्ना भूमिकालाई प्रभावकारी बनाउँछौ ।” उहाँले संसद् सदस्यको हैसियत सपथ ग्रहण गरिरहदा निजी उपलब्धि नभई जनताको विश्वास र अपेक्षासहितको जिम्मेवारी भएको बताउनुभयो । “संसदमा हामी प्रतिपक्षको भूमिकामा हुनेछौ, पारदर्शिता र सुशासन कायम गराउने विषयमा खबरदारी गर्ने काम गर्छाै”, उहाँले थप्नुभयो, “अब बन्ने सरकारका निम्ति प्रतिपक्ष भएको हैसियतले विरोध नै गर्नुपर्छ भन्ने होइन, राम्रो काममा साथ र सहयोग रहन्छ ।”
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया