सुशासन, समृद्धि र जनताको प्रगतिको विषयमा कांग्रेस प्रतिबद्ध छः प्रवक्ता चालिसे
पाटन (ललितपुर), १२ चैतः नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सुशासन, समृद्धि र जनताको प्रगतिको विषयमा कांग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । पार्टीद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई जानकारी दिनुहुँदै प्रवक्ता चालिसेले कांग्रेस सत्तामा मात्रै हैन प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका निर्वाह गर्छ भन्दै जनताले अभिव्यक्त गरेको मतलाई पार्टीले सम्मान गर्दै सोहीअनुसार भूमिका निर्वाह गर्ने बताउनुभयो । “कांग्रेस निर्वाचनका लागि मात्रै हैन, निर्वाचन नै नहुने समयमा पार्टी क्रियाशील थियोे, निर्वाचन हुने वातावरण नेपाली कांग्रेसले नै तयार गरेको हो, सही विषयमा कांग्रेस सरकारको साथमा हुन्छ, लोकतान्त्रिक मूल्यमान्यता र जनताको अधिकार रक्षाका लागि कांग्रेसले प्राथमिकता दिन्छ, नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्स हो, अर्थतन्त्र सङ्कटको अवस्थामा छ, सङ्कटमा सहयोगी प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ”, प्रवक्ता चालिसेले भन्नुभयो । प्रवक्ता चालिसेले १६५ निर्वाचन क्षेत्रको समीक्षा गर्दै सुधार्ने र सुध्रिने प्रयास गर्नेछौँ भन्दै यो निर्वाचनको परिणाम अप्रत्याशित भएको धारणा राख्नुभयो । “कांग्रेसले संरचनागतदेखि नीतिगत सुधारका लागि ध्यान दिन्छ, पार्टीलाई रुपान्तरण गर्न व्यापक सुधार गर्ने कार्यमा ध्यान दिन्छ”, प्रवक्ता चालिसेले भन्नुभयो । उहाँले देशमा बारम्बार उठेको विषय सुशासन भएको भन्दै २०४६ सालदेखि २०८२ सालसम्म सार्वजनिक तहमा बसेका व्यक्तिको सम्पति छानबिन होस् भन्नेमा जोड दिनुभयो । “सरकारले सम्पत्ति छानवीन र सुशासनमा ध्यान दिनुपर्छ, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुनुहुँदैन । पात्र र प्रवृत्ति सही हुनुपर्छ, छानबिन गर्ने आयोग सरकारले बनाओस्, कांग्रेसले सहयोग गर्छ, सफा र स्वच्छ राजनीति हुनुपर्छ, भ्रष्टाचार सामाजिक समस्या हो, यसको समाधान गर्नुपर्छ, यो केवल भोट बटुल्ने माध्यम बन्नु हुँदैन”, प्रवक्ता चालिसेले भन्नुभयो । प्रवक्ता चालिसेले यो निर्वाचनमा पार्टी नबदल्ने र मत बदल्ने साथीहरू पनि छन् भन्दै यसमा भरपर्दो वातावरण बनाउन तथा पार्टीको अनुशासनलाई प्रभावकारी बनाउन अभिमुखीकरण गर्नुपर्ने छ भन्नुभयो । “अबको सुधारका लागि क्रियाशील सदस्यताबाटै सुरुआत हुन्छ, सबैले सम्बन्धित वडामा गएर क्रियाशील सदस्यताको तथ्याङ्क राख्नुुपर्ने छ, सदस्यहरुको निष्क्रियता बदल्न यो प्रक्रिया गर्न गइरहेका छौँ, पछिल्लो पटक पार्टीको अनुशासनलाई बढी महत्व दिएका छौँ, समयको परिवर्तनसंगै नेताहरुको शैली, व्यवहार र भाषा परिवर्तन हुनु आवश्यक छ, यसकालागि लिडरसीप तालिम लिनु आवश्यक छ”, प्रवक्ता चालिसेले भन्नुभयो । प्रवक्ता चालिसेले संसद्भित्र भूमिका राम्रो भएन भने सांसदहरूलाई फिर्ता बोलाउन सक्ने व्यवस्था विधानभित्रै व्यवस्था गरिएको छ भन्नुभयो । उहाँले जेनजेड आन्दोलनको विषयमा आएको प्रतिवेदन अधुरो र अपूर्ण रहेको धारणा राख्नुभयो । “प्रतिवेदनमा २३ गतेको घटानालाई लिइएको छ, तर २४ गतेको घटनालाई हेरिएको छैन, सरोकारवाला र विज्ञहरुको समिति बनाएर कार्की आयोगको प्रतिवेदन र मानवअधिकार आयोगको प्रतिवेदनका विषयमा छलफल हुन्छ”, उहाँले भन्नुभयो । पार्टीको भातृ संस्थाको बारेमा छलफल भइ चुस्तदुरुस्त बनाउन दुई महामन्त्रीको समन्वयमा समिति बनाएका छौँ भन्दै प्रवक्ता चालिसेले पार्टीको विधान, नीति र निर्देशिका परिवर्तन गर्नका लागि सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा समिति बनाएको जानकारी दिनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया