काठमाडौँ, १३ चैतः रामनवमीको अवसर पारेर आजदेखि नेपाली चलचित्र ‘हामी तीन भाइ’ प्रदर्शन भएको छ । सामाजिक कथामा आधारित उक्त चलचित्रमा पारिवारिक सम्बन्ध र सामाजिक सन्देशलाई समेटेको निर्देशक मधुसुदन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो पूर्ण रुपमा पारिवारिक कथामा बनेको चलचित्र हो । चलचित्र तीन दाजुभाइमार्फत समाज र देशको अवस्थालाई चित्रण गर्न खोजिएको छ । यो स–परिवारले एकसाथ हेर्न मिल्ने चलचित्र बनेको छ ।” उहाँले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त भएकाले चलचित्र जुनसुकै उमेर समूहका लागि हुने बताउनुभयो । उक्त चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाह्नवी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे)लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया