Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारराजनीतिक दल खोल्न हाेडबाजी: १२३ दल दर्ता, ३२ प्रक्रियामा

राजनीतिक दल खोल्न हाेडबाजी: १२३ दल दर्ता, ३२ प्रक्रियामा


काठमाडौं । वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् । राजनीतिक यात्राको आरम्भमै उनीहरूले आआफ्नो सक्रिय सहभागितामा दल दर्ता गराएका छन् । केही महिनाकै अन्तरालमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि उनीहरू दल दर्ता गरेर चुनावी स्पर्धामा उत्रिने तयारीमा छन् ।

निर्वाचन आयोगमा कात्तिक ३० गतेसम्म १२३ वटा दलले दर्ताको प्रमाणपत्र लिएका छन् । आयोगले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिएका दलले मात्रै आगामी निर्वाचनमा भाग लिन पाउने प्रस्ट्याएको थियो ।
करिब ३२ वटा दलले कात्तिक ३० गतेसम्म दर्ताका लागि निवेदन दिएका छन् तर प्रमाणपत्र पाएका छैनन् । अधिकांश दलको कागजात अपुग छ । आयोगले त्यस्ता दललाई पर्याप्त समय दिने भएको छ ।



तपाईको प्रतिक्रिया