दक्ष जनशक्ति सिर्जना गर्ने योजना गर्ने नवनियुक्त श्रममन्त्री साहको निर्णय
काठमाडौँ, १३ चैतः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेलगत्तै दक्ष जनशक्ति सिर्जना गर्ने निर्णय गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयले प्रस्ताव गरेको ‘नेस्नल एकेडेमी अफ भोकेसन ट्रेनिङ’ को एक महिनाको रणनीति योजना बनाउने गरी प्रस्ताव गरिएको निर्णयमा मन्त्री साहले हस्ताक्षर गर्नुभएको हो ।
निर्णयमा हस्ताक्षरपछि मन्त्री साहले रोजगारीमा सबैभन्दा ठूलो समस्या भनेको दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो । खासगरी खाडी मुलुकमा रोजगारका लागि जाने नेपालीको अवस्था अझै नाजुक रहेको बताउँदै देशमा दक्ष जनशक्ति उत्पादन गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।
महोत्तरी क्षेत्र नं २ बाट आफू निर्वाचित भएकाले त्यहाँका जनताको मनोभावनाअनुरुप कार्ययोजना बनाउने मन्त्री साहले बताउनुभयो ।
“रोजगारीमा सबैभन्दा ठूलो दक्ष सीपको समस्या छ”, उहाँले भन्नुभयो, “हाम्रो जनशक्तिलाई स्किलपुल बनाउनु पर्छ । विदेशमात्रै होइन, स्वदेशमा बस्ने जनशक्तिलाई पनि दक्ष बनाएर रोजगार यही सिर्जना गर्नुपर्छ ।”
जनतालाई दिएको ‘म्यान्डेड’ यही रहेको बताउँदै मन्त्री साहले शिक्षासँगै सीप सिकाउनु अहिलेको जनशक्तिको माग र आवश्यकता रहेको उहाँको धारणा थियो । यसका लागि मन्त्रालयले गरेको पाँचवर्षे योजनालाई सफल पार्ने प्रतिबद्धतासमेत मन्त्री साहले दिनुभयो ।
मन्त्रालयका सचिव काफ्लेले पाँच वर्षभित्र प्राप्त गरेको सीप र रोजगारसँगको ऐक्यबद्धतालाई सुनिश्चित गरेर जानका लागि सरकारले काम गर्ने उद्देश्य रहेको बताउनुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया