गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
धरान (सुनसरी), १४ चैतः धरानमा सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ दौड प्रतियोगितामा पुरुषतर्फ उमेश थापा र महिलातर्फको उपाधि प्रिया तामाङले जित्नुभएको छ । आज सम्पन्न १० किलोमिटर दौड धरानका धावक थापाले २५ मिनेट ५१ सेकेन्डमा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले ३० मिनेट ४६ सेकेन्डमा उक्त दूरी पार गर्नुभयो । विजेता दुवै जनालाई जनही रु २० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालका अध्यक्ष महेन्द्र राईले बताउनुभयो । गोर्खा सिमेष्ट्रिज ट्रस्ट नेपालको आयोजनामा सम्पन्न दौड प्रतियोगिता धरान उपमहानगरपालिका–१८ स्थित रत्न चोकबाट सुरु भई मङ्गलबारे, सर्दु खोलाको नयाँ पुल हुँदै धरान–२० विष्णुपादुकास्थित भञ्ज्याङमा पुगेर समापन भएको थियो । प्रतियोगितामा सुनसरी, मोरङ, झापा, पाँचथर, धनकुटालगायतका जिल्लाबाट करिब पाँच सय धावक–धाविकाको सहभागिता रहेको थियो । जीवित वीर गोर्खा सैनिकहरूको सम्मानमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया