मान्म (कालीकोट), १५ चैतः जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदान भत्किएको छ । गत साताको वर्षासँगै आएको पहिरोका कारण निर्माणाधीन खेलमैदान भत्किएको हो । कर्णाली प्रदेश सरकार र नरहरिनाथ गााउँपालिकाको संयुक्त लागतमा दुई वर्षदेखि निर्माण भइरहेको खेलमैदान पहिरोका कारण भत्किएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र महताराले बताउनुभयो । “विसं २०७७ मा गएको पहिरोले विद्यालय जोखिममा परेको थियो । खेलमैदान आवश्यक पूर्वाधार भएकाले रु ७० लाखको लागतमा खेलमैदान निर्माण भइरहेको थियो । मङ्गलबार वर्षासँगै आएको पहिरोले मैदान भत्किएको हो”, उहाँले भन्नुभयो । विद्यालय भवनसहित अन्य संरचना पहिरोको जोखिममा परेपछि भू तथा जलाधार संरक्षण कार्यालयको सहयोगमा दुई वर्षअघि ग्याबिन जाली हालेर पर्खाल लगाइएको प्रधानाध्यापक महताराले जानकारी दिनुभयो । “सोही पर्खालको माथि खेलमैदान बनाइएको थियो । उक्त मैदान वर्षाका कारणले भत्किएको छ”, उहाँले भन्नुभयो । निर्माण सम्पन्न हुने बेला वर्षाले खेलमैदान भत्किएर विद्यालय भवन पनि जोखिममा परेको प्रधानाध्यापक महताराले बताउनुभयो । उहाँका अनुसार खेलमैदानको ९० प्रतिशत काम भइसकेको थियो ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया