Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठसमाचारसेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण


खोटाङ, १७ चैतः नेपाली सेनाले यहाँ आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा सोमबार आयोजित सो शिविरमा १४९ महिला, ५९ पुरुष तथा १० जना बालबालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन् । नागरिक–सैन्यसम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडेका गणपति केदारप्रसाद लामिछानेले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया