‘निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको छ’
बाजुरा, २१ चैतः सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित उच्च पहाडी क्षेत्रमा बृहत्तर भेडा बाख्रापालनका लागि सरोकार भएकाहरूसँगको छलफल कार्यक्रममा उहाँले कृषि तथा उद्योग क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
मन्त्री थापाले सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुला जिल्लामा रहेका भेडा तथा बाख्रापालक कृषकलाई लक्षित गरी पहिलो चरणमा परीक्षणका रूपमा नयाँ कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिनुभयो । उहाँले यहाँका भेडा बाख्रापालक कृष्कलाई कृषि विकास बैङ्कबाट ऋण लगानी गर्ने र त्यसको आठ प्रतिशत व्याज प्रदेश सरकारले तिर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “निजी क्षेत्रलाई नजोडि समृद्धि सम्भव छैन । त्यसैले उच्च पहाडी क्षेत्रमा निजी क्षेत्रका कृषकसँग सहकार्य गरी बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम गर्दैछौँ । पहिलो चरणमा बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा कार्यक्रम लागू गर्छौँ ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेशकुमार शाहीले जिल्लाको भेडा, बाख्रापालनको सम्भावनालाई प्राथमिकता राख्दै कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम अगाडि बढाउन लागिएको बताउनुभयो । छलफलमा पूर्वमन्त्री श्रद्धा श्रेष्ठ, कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द्र गुरुङलगायतले धारणा राख्नुभएको थियो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया