‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’
काठमाडौँ, २४ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले संविधानमा प्रदत्त मौलिक हकको कार्यान्वयनमार्फत सबैका लागि स्वास्थ्य र सुरक्षित नेपाल निर्माण गरिने बताउनुभएको छ ।
विश्व स्वास्थ्य दिवस २०८२ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्ला समय देखिएका स्वास्थ्य चुनौती समाधानका लागि सबै क्षेत्र र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको हो
मन्त्री मेहताले मानव, पशुपन्छी र वातावरण एकअर्काबीच घनिष्ठ सम्बन्ध रहेकाले प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नहुँदासम्म मावन जाति पूर्णरुपमा स्वस्थ रहन नसक्ने बताउनुभयो । जनावर तथा पशुपन्छीबाट मानवमा सर्ने रोगको जोखिम बढिरहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका कारण कीटजन्य रोग वृद्धि भइरहेको बताउनुभयो ।
“वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु, मस्तिष्काघातजस्ता नसर्ने रोग बढिरहेका छन्”, उहाँले भन्नुभयो, “मानव र पशुन्छीमा ‘एन्टीमाइक्रोवियल’ औषधिको अत्यधिक र जथाभावी प्रयोगले ‘प्रतिजैविक प्रतिरोध’ले ठूलो समस्या निम्त्याएको छ, यसतर्फ अब सजग हुनुपर्छ ।
मन्त्री मेहताले रोगको सम्भावित जोखिम कम गर्न व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई खोप लगाउन, स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै एन्टीबायोटिक औषधि प्रयोग गर्न र वातावरण स्वच्छ राख्नेतर्फ आमजनतालाई आह्वान गर्नुभयो । ‘मानव, पशुपन्छी र पर्यावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ नाराका साथ नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।
ताजा अपडेट
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया