बालेनको नगरमा पहिलो चौमासिकमा १२.९४ प्रतिशत मात्रै खर्च
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ ।
विनियोजित २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपियाँमध्ये ३ अरब २५ करोड २२ लाख ८४ हजार ६१ रुपियाँ खर्च भएको हो ।
यसमा चालुतर्फको ९ अरब ५६ करोड ३६ लाख २९ हजार रुपियाँ बजेटमा २ अरब १३ करोड ३३ लाख १ हजार ६६१ रुपियाँ र पुँजीगत तर्फ १५ अरब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अरब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपियाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।
यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको छ ।
३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना हेर्दा २०८०/०८१ मा १२.९ प्रतिशत, २०८१/०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ ।
गएको वर्ष विनियोजित २५ अरब ८६ लाख ५२ हजार रुपियाँमा ३ अरब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपियाँ अर्थात् १२।३४ प्रतिशत खर्च भएको थियो । विनियोजित रकममा चालुतर्फ १ अरब ८० करोड ५४ लाख ९९ हजार २९० रुपियाँ र पुँजीगततर्फ १ अरब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो । यसमा चालुतर्फ ९ अरब ८२ करोड २० लाख ५० हजार ७१८ रुपियाँ र पुँजीगततर्फ १५ अरब ६ करोड ५६ लाख १ हजार २८२ रुपियाँ बजेट विनियोजित थियो ।
यसमा केन्द्रबाट १३.३१ प्रतिशत खर्च भएको थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं. १९ ले २०.९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं. ११ ले १.१९ प्रतिशत खर्च गरेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित २४ अरब १८ करोड ७८ लाख ८२ हजार रुपियाँमध्ये २ अरब ९२ करोड ५७ लाख ९७ हजार २१३ रुपियाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो । यस वर्ष चालुतर्फ विनियोजित ९ अरब ३ करोड ६८ लाख २९ हजार ६०७ रुपियाँमा १ अरब ६८ करोड ७ लाख ६९ हजार ५६० रुपियाँ र पुँजीगततर्फ विनियोजित १५ अरब १० करोड १० लाख ५२ हजार ३९३ रुपियाँमा १ अरब २४ करोड ५० लाख २७ हजार ६५३ रुपियाँ खर्च भएको महानगरले जनाएको छ ।
यस अवधिमा केन्द्रबाट गरिने खर्चको प्रतिशत १२.७८ प्रतिशत थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा १९ ले २१.२३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा वडा नं. ३२ ले १.१४ प्रतिशत खर्च गरेको थियो ।
यस वर्ष वडाहरूतर्फ १० वटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च गर्ने वडाहरूमा वडा नं. २ ले १२.८१ प्रतिशत, वडा नं. ७ ले २०.५५ प्रतिशत, वडा नम्बर ८ ले १०.५३ प्रतिशत, वडा नम्बर १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ । उनका अनुसार वडा नं. १४ ले १५.८६ प्रतिशत, वडा नम्बर १६ ले १९।४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नम्बर २३ को १२.८४, वडा नम्बर २७ को १४.४४ प्रतिशत वडा नम्बर २९ को १०.१४ प्रतिशत खर्च गरेका छन् ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया