न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ
कैलाली, २६ वैशाखः सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय अवस्थामा कार्यसम्पादनमा समस्या हुने गरेको गुनासा रहेको बताउनुभएको छ ।
आज यहाँ मुख्य न्यायाधिवक्ताको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उहाँले छिटोछरितो न्यायसम्पादनको अवस्था बनाउनपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख मियाँले सीमित स्रोतसाधनकाबीच पनि कार्यसम्पादन भइरहेकामा प्रशंसा गर्दै मुख्य न्यायाधिवक्तासहित सम्पूर्ण टोलीलाई अझै उच्च मनोबलसहित काम गर्न सुझाव दिनुभयो ।
मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन हस्तान्तरण गर्दै कार्यसम्पादनको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा गरेका बहस पैरवी, जिल्लाका विद्यार्थीलाई दिइएको कानुनी साक्षरता र सचेतना, कारागार अनुगमन, अन्य प्रदेशबाट सिकिएका असल अभ्यास तथा स्थानीय तहका न्यायिक समितिलाई गरिएको प्रशिक्षण एवं अन्तरक्रियाबारे जानकारी गराउनुभयो ।
मुख्य न्यायाधिवक्ता जोशीले प्रतिवेदनमार्फत आठबुँदे सुझाव पनि दिएकाले तिनको कार्यान्वयनमा सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख मियाँले उक्त प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेशसभामा पठाइने र त्यसमा विस्तृत छलफल भई सुझाव सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया