राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्ने
गण्डकी, ३० वैशाखः संविधान गतिशील राजनीतिक दस्तावेज रहेको भन्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय जनमोर्चा, जिल्ला समिति कास्कीद्वारा आज पोखरामा आयोजित ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रियाका वक्ताहरूले आवश्यकता र औचित्यका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिइएको हो ।
उक्त विषयमा अवधारणापत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक र जनस्तरमा बहृत् छलफल गरेर मात्र संविधान संशोधनका विषयलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “संविधान संशोधन जटिल तथा जोखिमपूर्ण तर मुलुकका लागि अत्यावश्यक प्रक्रिया हो”, उहाँले भन्नुभयो, “संविधान संशोधनको उठान र अवतरण सही ढङ्गबाट हुन जरुरी छ ।
मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाको प्रश्न तथा गणतन्त्रको सुदृढीकरणको विषयलाई केन्द्रमा राखेर संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गणतन्त्र, सङ्घीयताजस्ता राजनीतिक उपलब्धीलाई थप बलियो र सुदृढ बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
संविधान संशोधन गर्दा आवश्यकता र औचित्य पुष्टि हुनुपर्ने उहाँको भनाइ छ । “राष्ट्रिय एकता र सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्छ, राष्ट्र र जनताको बृहत्तर हितलाई केन्द्रमा राख्नुपर्छ”, सभापति शर्माले भन्नुभयो । नागरिक समाजका प्रतिनिधि विष्णु बरालले जडता र यथास्थितिवादी ढङ्गबाट मुलुक र जनताको आकङ्क्षा पूरा नहुने भन्दै समयसोपक्ष रूपमा संविधानलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।
संविधान कार्यान्वयनका क्रममा विगतमा राजनीतिक दलहरूबाट देखिएको अक्षमता र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सुधार्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेकपा (एमाले)का नेता राजीव पहारी, नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीनाथ बराल, नेपाल कम्युनिष्ट पार्टीका नेतृ सावित्री बुढालगायतले भनाइ राखेका थिए ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया