काठमाडौँ, कीर्तिपुर
प्रशासनिक तथा सुरक्षा निकायमा प्रवेश गर्न चाहने युवाहरूका लागि कीर्तिपुरस्थित सौर्य एकेडेमी भरोसायोग्य प्रशिक्षण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । यस संस्थाको सफलताको पछाडि युवा उद्यमी अशोक विष्टको मेहनत, अनुभव र दूरदृष्टि मुख्य आधार बनेको छ।
बैतडी जिल्लाको सुर्नया गाउँपालिका–२ मा जन्मिएका विष्टले उच्च शिक्षा काठमाडौँस्थित मदन भण्डारी मेमोरियल कलेज, अनामनगरबाट पूरा गरेका हुन् । सूचना प्रविधिप्रतिको रुचिका कारण उनले CSIT अध्ययन गरी IT क्षेत्रमा आफ्नो आधार बलियो बनाएका थिए ।
उनको व्यावसायिक यात्रा म्युजिक स्टुडियोदेखि राष्ट्रिय टेलिभिजनसम्म फैलिएको छ । उनले सगरमाथा टेलिभिजनको MCR, PCR तथा IT विभागमा लामो समय काम गरेका थिए। त्यसपछि प्रधानमन्त्री कार्यालयको IT शाखामा समेत काम गर्ने अवसर पाएका उनले सरकारी संरचना र प्रविधि व्यवस्थापनबारे अनुभव हासिल गरेका थिए ।
विभिन्न क्षेत्रमा अनुभव संगालेपछि विष्टले युवाहरूलाई सरकारी सेवामा प्रवेशका लागि तयारी गराउने उद्देश्यले कीर्तिपुरमा सौर्य एकेडेमी सञ्चालनमा ल्याएका हुन् । हाल एकेडेमीले लोक सेवा आयोग, शिक्षक सेवा आयोग तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ। विशेषगरी नेपाली सेनाको सैन्य पदका लागि सञ्चालन गरिने शारीरिक तथा लिखित तयारी कक्षाले युवाहरूको आकर्षण बढाएको छ ।
बिहिवारआयोजित एक कार्यक्रममा बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरीमोहन भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै सञ्चालक विष्टले प्राविधिक अनुभवलाई शिक्षा र प्रशिक्षणसँग जोडेर युवाहरूलाई राष्ट्र सेवामा प्रेरित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रममा सांसद भण्डारीले दुर्गम जिल्ला बैतडीबाट राजधानी आएर प्रविधि र शिक्षाको क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै विष्टको प्रयास अन्य युवाका लागि पनि प्रेरणादायी रहेको बताए ।
ग्रामीण परिवेशबाट संघर्ष गर्दै राजधानीमा आफ्नो पहिचान स्थापित गर्न सफल विष्टको यात्रा अहिले धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ। छोटो समयमै सौर्य एकेडेमीले राष्ट्रिय स्तरमा आफ्नो प्रभाव विस्तार गर्दै दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई समेत उचित मार्गदर्शन दिँदै आएको छ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया