Techie IT
  • शनिबार, साउन २, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारउपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता


काठमाडौँ, १ जेठः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा महत्वपूर्ण संवाद भएको थियो । उपराष्ट्रपति यादवले नेपाल–इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, पारस्परिक समझदारी तथा सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध कायम रहिआएको बताउनुभयो ।

उहाँले अर्थतन्त्र, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यस्ता अवसरको पहिचान तथा उपयोगमार्फत दुवै मुलुकले पारस्परिक लाभ हासिल गर्नसक्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकामा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

साथै, नेपाली विद्यार्थी तथा पेशाकर्मीहरूका लागि छात्रवृत्ति, व्यावसायिक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई इजरायलले निरन्तरता प्रदान गर्दै आएकामा नेपालले उच्च मूल्याङ्कन गरेको बताउनुभयो । “शिक्षा, कृषि, सहकारी विकास, प्रहरी तथा सैनिक तालिमलगायतका क्षेत्रमा इजरायलले पु¥याउँदै आएको सहयोग प्रशंसनीय छ .उहाँले भन्नुभयो, “विशेषतः कृषि प्रविधि, अनुसन्धान तथा क्षमता विकासमा हुने सहकार्यले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा खाद्य सुरक्षामा रूपान्तरणकारी भूमिका खेल्न सक्छ ।

उपराष्ट्रपति यादवले दुवै देशका विश्वविद्यालय, अनुसन्धान संस्थान तथा नवप्रवर्तन प्रणालीबीच सहकार्यका अपार सम्भावना रहेको  ल्लेख गर्नुभयो । नेपाल–इजरायलले संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा निकट सहकार्य र सहयोगको परम्परा कायम राख्दै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा पनि यस्तो रचनात्मक सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

पश्चिम एशियाको विकसित परिस्थितिलाई नजिकबाट अवलोकन गरिरहेको नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको र शान्ति, स्थायित्व तथा पारस्परिक समझदारी प्रवद्र्धन गर्ने प्रयासलाई निरन्तर समर्थन गर्दै आएको बताउनुभयो । उपराष्ट्रपति यादवले इजरायलसँगको सम्बन्धलाई उच्च महत्व दिँदै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो तथा विस्तारित बनाउन नेपाल पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले इजरायलको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा इजरायल सरकार तथा जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो । इजरायली महामहिम राजदूतवासले नेपाललाई कृषि, माहुरीपालन, माछापालनलगायत क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

उहाँले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत धेरै नेपालीहरुले सीप सिकेर नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि नेपालीहरुका लागि ‘वर्क अपच्र्युनिटी’ प्रदान गर्न इजरायल इच्छुक रहेको स्पष्ट गर्नुभयो । साथै, नेपाललाई विभिन्न क्षेत्रमा प्राविधिक सहयोग गर्ने चाहना इजरायलको रहेको बताउनुभयो ।



तपाईको प्रतिक्रिया