मुख्यमन्त्री कार्यालय अगाडि वडाध्यक्षको धर्ना
कर्णाली, १ जेठ : कालीमाटी गाउँपालिका–७ सल्यानका वडाध्यक्ष मित्रलाल रिजाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । सल्यानको घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा नेपाल टेलिकमको टावर निर्माणको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय अगाडि आजदेखि धर्नामा बस्नुभएको हो । उक्त सडक तथा टावर निर्माणको विषयमा पटकपटक अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेको भन्दै धर्नामा बस्न बाध्य भएको वडाध्यक्ष रिजालले बताउनुभयो । सडक स्तरवृद्धि तथा कालोपत्र नहुँदा स्थानीय नागरिकले वर्षौँदेखि सास्ती भोग्दै आएको उहाँको दुःखेसो थियो । सडकको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको र त्यहाँ पूर्वाधार निर्माण गर्नुपर्छ भन्ने मागको बेवास्ता गरेकाले धर्ना बसेको उहाँले बताउनुभयो । वडाध्यक्ष रिजालसँगै वडा सदस्य बिर्घाबहादुर राना पनि धर्नामा बस्नुभएको छ । जनताको समस्या र आफ्ना मागहरू प्रदेश सरकारले सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने उहाँको भनाइ छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया