यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा
काठमाडौँ, १ जेठ: काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) प्रवेशद्वारम क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको थियो । सो अभियानका क्रममा ४७ वटा सवारीसाधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा १७ वटा सवारीसाधन मापदण्डअनुसार नरहेको पाइएपछि चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा कतिपय सवारीसाधनमा ह्याण्डब्रेक दुरुस्त नभएको, लाइट बिग्रिएको, टायर अत्यधिक खिइएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो । यस्ता कमजोरी भएका सवारीसाधन सडकमा सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले तत्काल कारबाही गरिएको जनाइएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यान्त्रिक रूपमा कमजोर सवारीसाधन सडक सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको बताउनुभयो । उहाँले यात्रु, चालक तथा सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर नियमित रूपमा विशेष चेकिङ अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सवारीसाधनको सामान्य लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले यान्त्रिक अवस्था कमजोर भएका सवारीसाधनमाथि निगरानी बढाइएको हो । आजको अभियानमा १७ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । हाम्रो उद्देश्य केबल जरिवाना गर्नु मात्रै होइन, सम्भावित दुर्घटना रोक्नु र जनताको जीवन सुरक्षा गर्नु पनि हो ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय सडक दुर्घटनाका घटनामध्ये धेरै दुर्घटना सवारीसाधनको प्राविधिक खराबीकै कारण हुने गरेको पाइएको छ । विशेषगरी लामो समयसम्म मर्मत नगरी चलाइएका सार्वजनिक तथा निजी सवारीसाधनले सडकमा जोखिम बढाइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले सवारी धनी, यातायात व्यवसायी तथा चालकलाई नियमित रूपमा सवारीसाधनको ब्रेक, टायर, लाइट, इन्जिन तथा अन्य उपकरणको अवस्था परीक्षण गर्न आग्रह गरेको छ । आवश्यक मर्मत तथा प्राविधिक परीक्षण नगरी सवारी सञ्चालन नगर्न पनि चेतावनी दिइएको छ ।
कार्यालयले आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा यस्ता विशेष चेकिङ अभियानलाई निरन्तरता दिइने जनाएको छ । सडक अनुशासन कायम गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया