Techie IT
  • शनिबार, साउन २, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारमगर खामभाषा प्रशिक्षक प्रशिक्षण

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण


म्याग्दी (बेनी), ३ जेठः रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको पठनपाठनको तयारी भएको छ । मगर समुदायको बाहुल्य रहेका विभिन्न १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खामभाषा पठनपाठनको तयारी थालिएको हो ।

मगर खामभाषा पढाउन नेपाल पुनमगर समाज रघुगङ्गा गाउँपालिकाले एक साता लामो प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खामभाषा किताब प्रकाशन गरेको समाजले विद्यालयमा खामभाषामा पढाउने जनशक्ति तयार गर्न प्रशिक्षण दिइएको पुनमगर समाजका अध्यक्ष टीका पुनमगरले जानकारी दिनुभयो ।

मगर भाषाविज्ञ कर्णबहादुर बुढा मगरले सञ्चालन गर्नुभएको प्रशिक्षणमा १५ विद्यालयका शिक्षक सहभागी थिए ।



तपाईको प्रतिक्रिया