अदानचुली (हुम्ला), ३ जेठः वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् ।
हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । उहाँका अनुसार वैशाख ३० गतेदेखि आउन सुरु गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएका हुन् । प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन् ।
आज आएका २३ जनामा कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नुपरेको हो । गत चैत २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण परमिट आउन ढिलाइ भएपछि २३ भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन् ।
मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन सुरु भएको चार दिनको सङ्ख्या हेर्दा सो सङ्ख्या बढ्ने विश्वास गरिएको छ । विसं २०७२ को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटक आउन सुरु भएको थियो । बीचमा कोरोना अवधिमा हिल्सानाका बन्द हुँदा पर्यटक आउन बन्द भएको थियो ।
गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष चार महिनामा ६ हजार ५०० भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिकयात्रा गरेका थिए । यस वर्ष गत वैशाख ३० गते पहिलोपटक तीर्थयात्री सिमकोट आइपुगेका थिए ।
ताजा अपडेट
- बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
- विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
- पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति
- नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता
- दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद
- छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
- राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया