लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनान र इजरायलबीच जारी युद्धविरामको अवधि ४५ दिनका लागि थप गरिएको निर्णयप्रति स्वागत व्यक्त गर्नुभएको छ । उहाँले यस कदमले सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्न तथा प्रभावित नागरिकहरूको दुःख कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको प्रेस कार्यालयद्वारा जारी वक्तव्यअनुसार महासचिव गुटेरेसले द्वन्द्व अन्त्यका लागि भइरहेका सम्पूर्ण प्रयासप्रति समर्थन जनाउँदै लेबनान र इजरायलबीचको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा र मानवीय सहायतामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
उक्त सीमारेखा संयुक्त राष्ट्रसङ्घले सन् २००० मा निर्धारण गरेको हो । उहाँले सम्बन्धित सबै पक्षलाई युद्धविरामको पूर्ण सम्मान गर्न, थप आक्रमण नगर्न तथा अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तहरूको पालना गर्न आग्रह गर्नुभएको छ । साथै, क्षेत्रीय शान्ति, स्थायित्व र आपसी समझदारी कायम राख्न संयमता तथा संवादको आवश्यकता औंल्याउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घले सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ पूर्ण रूपमा कार्यान्वयन गर्न भइरहेका कूटनीतिक प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ । उक्त प्रस्ताव सन् २००६ मा लेबनानी समूह हिज्बुल्लाह र इजरायलबीच भएको युद्ध अन्त्य गर्नका लागि ल्याइएको थियो ।
युद्धविराम अवधि थप गरिनुले सीमावर्ती क्षेत्रमा केही राहत र स्थिरता आउने अपेक्षा गरिएको भए पनि अवस्था अझै संवेदनशील रहेकाले निरन्तर संवाद, सहकार्य र शान्तिपूर्ण पहल आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया