Techie IT
  • शनिबार, साउन २, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारइरानी संसद्का सभामुख गालिबाफ चीनमामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

इरानी संसद्का सभामुख गालिबाफ चीनमामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त


अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफलाई चीनसँम्गको सम्बन्ध हेर्ने विशेष प्रतिनिधि नियुक्त गरिएको इरानी सञ्चारमाध्यमले आइतबार जनाएका छन्।

“मोहम्मद बाघेर गालिबाफलाई हालै इरानको चीन मामिलाका लागि विशेष प्रतिनिधिको रूपमा नियुक्त गरिएको छ,” तस्निम समाचार एजेन्सीले इरानी विश्वस्त स्रोतलाई उद्धृत गर्दै लेख्नुभएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनको प्रस्ताव र सर्वोच्च नेता अयातोल्लाह मोजतबा खामेनीको प्रस्तावमा गालिबाफलाई उक्त पदमा नियुक्त गरिएको तस्निमले जनाएको छ ।

उहाँले इरान र चीनबीचको सम्बन्धका विभिन्न क्षेत्रमा समन्वय गर्ने बताइएको छ । गत मार्च १७ मा अमेरिका–इजरायली आक्रमणमा मारिएका दिवङ्गत सुरक्षा प्रमुख अली लारीजानीले पनि यस्तै अडान लिनुभएको थियो । लारीजानीले चीनसँगको वार्तालाई अगाडि बढाउने जिम्मेवारी सम्हालेपछि इरान र चीनबीच सन् २०२१ मा २५ वर्षे सहयोग सम्झौता भएको थियो ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकासँग युद्ध सुरु भएपछि, गालिबाफ अप्रिलमा अमेरिकासँग एकल चरणको वार्तामा उच्च–जोखिम कूटनीतिको नेतृत्व गर्ने प्रमुख व्यक्तित्वको रूपमा देखा पर्नुभएको छ । अप्रिल ८ मा युद्धविराम हुनुअघि मध्यपूर्वमा फैलिएको युद्धमा पूर्व सर्वोच्च नेता अली खामेनीसहित धेरै वरिष्ठ इरानी अधिकारीहरू मारिएका थिए। इरानले हालैका दिनहरूमा धेरै चिनियाँ जहाजहरूलाई रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज हुँदै जान अनुमति दिएको छ,

जुन युद्ध सुरु भएदेखि अवरुद्ध गरिएको एक महत्त्वपूर्ण विश्वव्यापी इन्धन ढुवानी मार्ग हो । रिभोलुसनरी गाड्र्सका अनुसार चिनियाँ जहाजहरू इरानको हर्मुज घाँटी व्यवस्थापन नियममा भएको सम्झौतापछि त्यहाँबाट गन्तव्यतर्फ छुटेका हुन् ।



तपाईको प्रतिक्रिया