पाकिस्तानले इरानी प्रतिक्रिया अमेरिकालाई बुझायो, वासिङ्टनको प्रतिक्रिया आउन बाँकी
अमेरिकी सञ्चारमा इरानले दिएको प्रतिक्रिया आइतबार पाकिस्तानले प्राप्त गरेको र कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको पाकिस्तानी स्रोतले सोमबार जनाएको छ । “संयुक्तराज्य अमेरिकाले इरानको प्रतिक्रियाको समीक्षा गरिरहेको र वासिङ्टनबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतहरूले सिन्ह्वासँग बताएका छन् ।
पछिल्लो आदान–प्रदान तेहरान र वाशिङ्गटनबीच शान्तिको पहलका लागि जारी अप्रत्यक्ष सम्पर्कको प्रयास हो । क्षेत्रीय तनाव कम गर्ने र सम्भावित कूटनीतिक प्रगतिको खोजी गर्ने प्रयासहरूको बीचमा पाकिस्तान मार्फत सहजीकरण गरिएको छ। इरानी अधिकारीहरूले बारम्बार संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ताको सट्टा अप्रत्यक्ष रूपमा मध्यस्थकर्ताहरू मार्फत संवाद भइरहेको बताउँदै आएका छन्।
फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानले धेरै चरणमा प्रस्तावको आदानप्रदान गरिरहेका छन् । अप्रिल ८ देखि जारी युद्धविरामबीच दुवै पक्षबीच अहिलेसम्म एक चरणको वार्ता भएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सोमबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले हिजो घोषणा गरेजस्तै हाम्रो चासो अमेरिकी पक्षलाई अवगत गराएका छौँ ।
तेहरानले विदेशमा रोकिएको इरानी सम्पत्ति र लामो समयदेखिको प्रतिबन्ध फुकुवा गर्नेलगायतका इरानको मागको विदेशमन्त्री बकाईले बचाउ गर्नुभएको थियो । उहाँले भन्नुभयो, “उठाइएका बुँदाहरू इरानका मागहरू हुन्, जसलाई इरानको वार्ता टोलीले हरेक चरणको वार्तामा दृढतापूर्वक बचाउ गरेको छ।” उहाँले अमेरिकाले युद्धको क्षतिपूर्ति दिनुपर्ने इरानको शर्तको बचाउ गर्दै द्वन्द्व ‘गैरकानुनी र आधारहीन’ भएको बताउनुभयो ।
ताजा अपडेट
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
- नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया