प्रतिनिधिसभाः सुकुमवासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग
काठमाडौँ, ४ जेठः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा सुकुमवासीका समस्या समाधान गर्न आयोग गठन गरे पनि सुकुमवासी समस्या समाधान हुन नसकेकाले आगामी आर्थिक वर्षको बजेटमार्फत दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुकुमवासीका समस्या समाधान गर्नेगरी प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । छलफलमा सहभागी सांसदहरूले भूमि आयोग कार्यकर्ता भर्ती गर्ने केन्द्र बन्ननहुने बताउनुभयो ।
उहाँहरूले हालसम्मसुकुमवासीका समस्या समाधान गर्न आयोग गठन गर्दा रु नौ अर्ब खर्च भइसके पनि समस्या समाधान हुन नसकेकाले बजेटमार्फत समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो । सांसद यज्ञमणि न्यौपानेले सुकुमवासी समस्या समाधान गर्न १८ वटा आयोग गठन भएका जनाउँदै त्यसले रु नौ अर्ब खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो ।
यति गर्दा पनि समस्या अझै नसकिएको उहाँले उल्लेख गर्नुभयो । सर्वोच्च अदालत र न्यायलयलाई छुट्टै बजेट दिनुपर्ने भन्दै सांसद न्यौपानेले सर्वोच्च अदालतले बजेटका लागि सरकारतर्फ फर्कंदा न्यायपालिका स्वतन्त्र बन्न नसकेको धारणा राख्नुभयो । न्यायाधीशको सम्पत्ति सार्वजनिक भए मात्र न्याय स्वच्छ र स्वतन्त्र हुने उहाँको भनाइ छ ।
सांसद सन्तोष सुब्बाले सीमा विवाद, सीमा पूर्वाधारलगायत विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमामा रु एक सयको सामानमा पनि कर लगाइँदा आमनागरिकलाई सास्ती भइरहेको बताउनुभयो । डायस्पोरा साझेदारी कार्यक्रम सकारात्मक रहेको उहाँले बताउनुभयो । सांसद दीपककुमार साहले सुरु भएको १६ वर्ष बित्दा हुलाकी राजमार्ग ७४ प्रतिशत मात्र बनेकाले यसलाई पूरा हुने गरी प्राथमिकतामा राख्न माग गर्नुभयो ।
सांसद सीता थपलियाले विदेशमै भविष्य छ भनी जानेहरू बढेकाले त्यसलाई रोक्ने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कार्यक्रम नआएको बताउनुभयो । शब्दमा भएको मिठासलाई व्यवहारमा उतारिनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद रमेश प्रसाईंले गत भदौ २३ र २४ गतेको आन्दोलनको दोष प्रमुख जिल्ला अधिकारीलाई मात्र दिनुभन्दा सत्य, तथ्यको गहिराइसम्म अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकारका पालामा सुकुमवासीले लालपूर्जा पाउने विश्वास व्यक्त गर्दै उहाँले निम्न र निम्नमध्यमवर्गलाई उपचार कोषको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद निस्कल राईले अघिल्लो वर्षको तुलनामा चिया निर्यात घटेको बताउनुभयो । उहाँले सोही कारणले राजश्व घट्ने भएकाले युवालाई उद्यमशीलताको साझेदारका रूपमा राखेर बजेट व्यवस्था गरिनुपर्ने माग गर्नुभयो । सांसद प्रदीप विष्टले कीर्तिपुरमा जातीय सङ्ग्रहालयका लागि २०० रोपनी जग्गा भएकाले बजेट व्यवस्थापन गरी निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्न माग गर्नुभयो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया