गण्डकी, ५ जेठः बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले यहाँको सुरौदी खोलाको तिखेढुङ्गामा गर्नुुभएको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ । करिब चालिस रोपनी क्षेत्रफलमा फलिरहेका तरबुजा बजारमा लैजाने तयारी भइरहँदा यतिखेर आचार्य आफैँमा हर्षित हुनुहुन्छ ।
उहाँको कृषिकर्म र यसप्रतिको लगाव यस क्षेत्रका स्थानीयका लागि प्ररणाको स्रोत बनेको हो । स्नातकसम्मको अध्ययनसँगै १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतका अनुभव सँगालेका आचार्य विगत लामो समयदेखि कृषिका क्षेत्रमा सक्रिय बन्दै नयाँनयाँ प्रयोग गर्दै आउनुुभएकामा २०७८ सालदेखि ‘तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म’ मार्फत आफ्नो कृषिकर्मलाई थप व्यावसायिक बनाउनुुभएको छ । आचार्यले गरिरहनुुभएको तरबुजाखेतीसहितको पशुपालन, तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन अरुका लागि पनि दरिलो पाठशाला बनेको छ ।
अघिल्लो वर्ष ज्ञानबहादुर कार्कीसँगको सहकार्यमा संयुक्त रुपमा तरबुजाखेती गर्नुुभएका उहाँले यस वर्ष भने एकल रुपमा नै ४० रोपनी क्षेत्रफलमा यो खेती गर्नुुभएको हो । हरेक तरबुजाको बिरुवामा सुरौदी खोलाको पानीलाई मोटरमार्फत तानेर थोपा सिँचाइ प्रणालीलाई उहाँले उपयोग गर्नुुभएको छ । यस वर्ष तरबुजा खेती लगाएपछि दुई पटकसम्म असिनाले क्षति पु¥याए पनि लगभग ३० हजार किलो बजारमा बिक्री गर्न सकिने आचार्य बताउनुहुन्छ ।
असिनाका चोटसँगै केही दिनयता लगातार आएको पानीका कारण केही तरबुजा कुहिने डर छ”, उहाँले भन्नुुभयो, “अघिल्लो वर्ष यस क्षेत्रकै बागमारा, खुदी, गगनगौँडा, खल्याण, दुलेगौडा हुँदै पोखरासम्म बिक्री भएका कारण यस वर्ष पनि बिक्री सहजै हुने विश्वास लिएको छु ।” आचार्यले फर्ममा थप १० रोपनी क्षेत्रफलमा घिरौँला, काँक्रा, लौका, फर्सी, करेला आदिको खेती गरिहनुुभएको छ भने भैँसीपालन पनि सँगसँगै गरिहनुुभएको छ । उहाँको फर्ममा हाल ३० वटा भँैसी छन् । पछिल्ला वर्षमा आचार्य जस्तै पोखराका विभिन्न स्थानमा कृषकले तरबुजाखेती गरिहेका छन् ।
यस वर्ष पोखराका विभिन्न स्थानमा ५०० रोपनी क्षेत्रफल जमिनमा तरबजुजाखेती भइरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । पछिल्ला वर्षमा महानगरपालिकाले तरबुजा खेतीका लागि अनुदानलगायत कार्यक्रम बढाइरहेको छ । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको जानकारी दिँदै प्रमुख कडरियाले यस वर्ष तरबुजाखेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरिएको बताउनुुभयो ।
पोखरा महानगरपालिकामा यस वर्ष तरबुजाखेतीको कारोबार रु पाँच करोड बराबरको हुने अनुमान गरिएको छ”, उहाँले भन्नुुभयो । प्रमुख कडरियाका अनुुसार महानगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागेको छ । तरबुजाखेतीप्रतिको आकर्षण बढाउनकै लागि पोखरा महानगरपालिका वडा नं १३ मा पोखरा तरबुजा मेला–२०८३ गर्न लागिएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया