सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन
महेन्द्रनगर, ५ जेठः खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवदेन दिएका छन् । सुदूरपश्चिम विश्वविद्यालयका कार्यरत प्राध्यापकदेखि मुलुकका विभिन्न शैक्षिक संस्थामा कार्यरतदेखि सेवा निवृत्त कर्मचारीले उपकुलपतिका लागि आवेदन दिनुभएको छ ।
गत वैशाख २५ गते विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो । सरकारले अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि हाल सुदूरपश्चिम विश्वविद्यालयमा दैनिक कार्य सञ्चालन गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति नभएसम्म उपकुलपतिको जिम्मेवारी प्राध्यापक यज्ञराज पाठकलाई दिइएको छ । पाठक सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुनुहुन्छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि एक महिलासहित १९ जनाले आवेदन दिएका छन् ।
सचिवालयका अनुसार मुलुकका आठ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २०० भन्दा बढी आवेदन परेका छन् । आजदेखि नियुक्त प्रक्रियाको काम आरम्भ भइसकेको सचिवालयले जनाएको छ । प्रारम्भिक मूल्याङ्कन गरी उच्च अङ्क प्राप्त गर्ने दश जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने तयारी छ । विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै अध्ययन गर्न पाएका छन् । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता सुदूरपश्चिमवासीका लागि हटेको छ ।
सुदूरपश्चिम विश्वविद्यालको महेन्द्रनगरमा केन्द्रीय क्याम्पससहित यहाँका नौ वटै जिल्लामा गरेर १६ क्याम्पस आङ्गिक क्याम्पस सञ्चालनमा रहेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी नवीन बमले जानकारी दिनुभयो । सम्बन्धन प्राप्त निजी र सामुदायिक गरी अन्य प्रदेश (सुदूरपश्चिम र कोशी प्रदेशबाहेक) ३१ वटा क्याम्पस पनि सञ्चालनमा रहेको विश्वविद्यालयले जनाएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया