काठमाडौँ, ६ जेठ : विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ । कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मङ्गलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
यसअघि पनि सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य सिकार वर्षका रूपमा मनाउन सफल भएकाले सेनाका विभिन्न छवटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’ बाट सम्मानित भएका थिए । साथै बर्दिया राष्ट्रिय निकुञ्ज यसअघि ‘डबल टाइगर अवार्ड’ बाटसमेत सम्मानित भएकामा यस वर्ष वन्यजन्तु कोषले पनि विशेष सम्मान प्रदान गरेको छ ।
नेपाली सेना विसं २०३२ बाट औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको र हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा आठवटा गण, सात अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालय तैनाथ छन् । यी युनिटका करिब हजारभन्दा बढी फौज निरन्तर परिचालित हुँदै आएको छ ।
यसको परिणामस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एकसिङ्गे गैँडा हाल ७५२ मा वृद्धि भएको छ । जटिल भौगोलिक बनावट तथा मौसमी प्रतिकूलता एवं विषम परिस्थितिका बाबजुद प्रकृति र पर्यावरणको संरक्षणका क्षेत्रमा सुम्पिएको जिम्मेवारी सेनाले सफलतापूर्वक सम्पादन गर्दै आइरहेको र यसक्रममा हालसम्म नेपाली सेनाका ११६ जनाको ज्यान गएको पनि सेनाले जनाएको छ ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया