आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड
काठमाडौँ, ६ जेठ : आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
अमेरिकालाई हराउँदै आज पनि स्कटल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहने दाउमा छ । स्कटल्यान्ड ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । त्यसो त अमेरिका पनि स्कटल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।
अमेरिका ३६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । स्कटल्यान्डको प्लेइङ–११ मा कप्तान रिची बेरिङ्टनसहित जर्ज मुन्से, माइकल इंग्लिस, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, म्याथ्यु क्रस (विकेटकिपर), माइकल लिस्क, मार्क वाट, सफयान शरीफ, ओलिभर डेभिड्सन र ज्याक जार्भिस छन् ।
त्यस्तै अमेरिकाको प्लेइङ–११ मा शेहान जयसूर्या, हरमित बधन, रुशिल उगारकर, सैतेजा मुक्कामल्ला (कप्तान), सञ्जय कृष्णमूर्ति, शायन जहाँगिर, मिलिन्द कुमार, सौरभ नेत्रावलकर, शुभम रञ्जने, स्मित पटेल (विकेटकिपर) र नोस्तुश केन्जिगे छन् ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया