प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण
काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुमवासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद ज्ञानु पौडेलले प्रत्येक नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभर स्वास्थ्य सेवाको पहुँच र सहज उपलब्धता अझै सुनिश्चित हुन नसकेको बताउँदै रुपन्देहीस्थित ९३ वर्ष पुरानो भीम अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको उल्लेख गर्नुभयो ।
अस्पतालमा एन्टी–रेबिज खोप, सर्पदंश उपचारका लागि आवश्यक औषधि तथा जीवनरक्षक औषधिको अभाव छ । तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्दछु”, पौडेलले भन्नुभयो । त्यसैगरी, सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तविक सुकुमवासीको समयमै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्राकृतिक विपद्बाट क्षति पुगेका सडक, खानेपानी तथा अन्य पूर्वाधार आयोजनाको पुनःस्थापना कार्य शीघ्र अघि बढाउन माग गर्नुभयो । सांसद डा अर्जुनकुमार कार्कीले इबोला भाइरस सङ्क्रमणको जोखिमप्रति सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले विश्व स्वास्थ्य सङ्गठन(डब्लु एच ओ) ले इबोला सङ्क्रमणलाई गम्भीर स्वास्थ्य जोखिमका रूपमा लिएको उल्लेख गर्दै अफ्रिकी मुलुकमा कार्यरत नेपाली नागरिकका कारण नेपाल पनि जोखिममा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
सांसद गुरुप्रसाद बरालले भने सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि स्थायी बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकले असहज अवस्था भोगिरहेको उल्लेख गर्दै तत्काल उपयुक्त व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
सांसद साजिदा खातुन सिद्धिकीले मुलुकमा सडक दुर्घटनाका घटना बढ्दै गएको भन्दै सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सडक सुधार तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो ।
सांसद मदनकृष्ण श्रेष्ठले अति अपाङगता भएका व्यक्तिको संरक्षण र हेरचाहका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद समिना मियाँले बकर इदका अवसरमा तय गरिएका परीक्षाहरू स्थगित गरी वैकल्पिक व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले देशको विविधता र सांस्कृतिक संवेदनशीलतालाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
यसैगरी सांसद यशोधाकुमारी बरालले हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–५ मा आएको भीषण बाढीका कारण ठूलो क्षति पुगेको भन्दै प्रभावित नागरिकका लागि तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो । सांसद रमेश सापकोटाले पनि हुम्लामा आएको असामान्य बाढीका कारण ठूलो क्षति पुगेको तर सडक पहुँचको अभावमा राहत सामग्री प्रभावित क्षेत्रमा पुग्न नसकेको बताउनुभयो । उहाँले तत्काल बजेट विनियोजन गरी राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया