पोखरामा ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता
गण्डकी, ८ जेठः ‘स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान’ मूल नाराका साथ पोखरामा शनिबार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । पोखरा महानगरपालिका–५ वडा कार्यालयको प्रवद्र्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिको आयोजनामा बाराही माविको खेल मैदान सो प्रतियोगिता हुन लागेको हो ।
ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सक्रिय जीवनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रचारप्रसार समितिका संयोजक वसन्तराज गौतमले जानकारी दिनुुभयो । ‘ज्येष्ठ नागरिक वाकिङ फुटबल खेल, मैत्रीपूर्ण कार्यक्रम २०८३’ नाम दिइएको उक्त प्रतियोगिताका लागि हालसम्म ७० पुरुषले नाम दर्ता गराइसक्नुुभएको आयोजकले जनाएको छ ।
उमेर प्रमाणित गर्न नागरिकता वा छिमेकीको सनाखतलाई आधार मानिएको प्रतियोगिताका संयोजक डा सरोज कोइरालाले बताउनुुभयो । ज्येष्ठ नागरिकलाई राज्यले दिने सम्मान र उनीहरूको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । नेपालमै पहिलोपटक यस्तो प्रतियोगिताको सुरुआत गरेर एउटा सकारात्मक सन्देश दिन खोजेको संयोजक डा कोइरालाले बताउनुुभयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
ताजा अपडेट
- अमेरिका–नेपाल साझेदारी विस्तारमा जोड
- साताव्यापी खोज अभियानः खैरो हेरोइनसहित ११ जना पक्राउ
- रास्वपा सभापति लामिछाने भारत प्रस्थान
- तेह्र वर्षमुनिको उपाधि पल्सर सिइसीलाई
- परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
- बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
- विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधान सेनापति
- वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया