म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित
काठमाडौँ, १० जेठः म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा ल्हारक्याल लामा) सम्मानित हुनुभएको छ । बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।
नेपालका लागि म्यानमारका राजदूत थान्त सिनले शुक्रबार काठमाडौँको साँखु–शङ्करापुर नगरपालिका–८ स्थित न्गाग्युर पल्युल लिङ मोनेस्ट्री, मणिचुडमा आयोजित विशेष समारोहबीच उहाँलाई सम्मान प्रदान गर्नुभएको हो । म्यानमार सरकारले प्रत्येक वर्ष बुद्ध धर्मको शास्त्रीय अध्ययन, साधना अभ्यास तथा बुद्ध शासनको संरक्षण र प्रवद्र्धनमा विशिष्ट योगदान दिने भिक्षु, भिक्षुणी तथा श्रद्धालु व्यक्तित्वहरूलाई विभिन्न धार्मिक सम्मान प्रदान गर्दै आएको छ ।
कार्यक्रममा म्यानमारका राजदूत, उपप्रमुख (डीसीएम) तथा प्रथम सचिव, श्रीलंकाका राजदूत, भारतीय दूतावासका उपप्रमुख (डीसीएम), अमेरिकी दूतावासका प्रथम सचिव, बैंगलोरस्थित महाबोधि सोसाइटीका अध्यक्ष तथा महासचिव, अखिल भिक्षु महासंघका अध्यक्ष, योल्मो समुदायका सदस्यहरू तथा भुटानबाट डा. करम फुन्त्सोकको उपस्थिति थियो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया