कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो राष्ट्रियसभा बैठक
काठमाडौँ, १९ जेठ : राष्ट्रियसभाको बैठक भोलि बुधबार १२ः१५ मा बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ । आजको बैठक सुरु हुनेबित्तिकै सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कारबाही अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो ।
सभाध्यक्ष नारायणप्रसाद दाहालले पटकपटक सदनको कारबाही अगाडि बढाउन आग्रह गर्नुभएको थियो । उहाँले विभिन्न कार्यसूची अगाडि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो । सांसदहरूले असहमति प्रकट गर्नुभयो । आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची थियो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो ।
त्यसैगरी, अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम थियो । त्यसअघि सांसद पदमबहादुर परियारले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठेको उल्लेख गर्दै प्रधानमन्त्रीले सदनमा आएर कुन ठाउँमा कति भूमि मिचिएको हो भनी प्रमाणसहित जानकारी दिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, सांसद घनश्याम रिजालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउनुभएको थियो । सांसद रोशनी मेचेले नेपालले अहिलेसम्म एक इन्च पनि सीमा नमिचेको जिकिर गर्नुभयो ।
सांसद महन्त ठाकुरले भारतको केही जग्गा उपभोग गरेको भए पनि मिचिएको भन्न नमिल्ने धारणा राख्नुभयो । सांसद तुलप्रसाद विश्वकर्माले ‘जमिन उपभोग गर्नु’ र ‘सीमा मिच्नु’ नितान्त फरक कुरा भएकाले यसबारेमा थप प्रष्ट पार्नुपर्ने बताउनुभयो । लामो समयदेखि लिम्पियाधुरा र लिपुलेकमा भारतीय सेना राखेर नेपालको भूमि भारतीय पक्षले अतिक्रमण गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारत सीमा समस्या समाधानमा जटिलता आउने तर्क गर्नुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया