राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
काठमाडौँ, २० जेठः नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तरराष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ । यो मुलुकका निम्ति ठूलो कूटनीतिक उपलब्धि हो । बहुपक्षीयता, अन्तरराष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तरराष्ट्रिय मान्यता हो ।
प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।
उक्त समितिले निःशस्त्रीकरण, अन्तरराष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
ताजा अपडेट
- जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान
- दिल्ली होटल आगलागी : २१ को मृत्यु
- कुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित
- एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
- तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
- एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
- टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै
- युक्रेनमा भीषण आक्रमण
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया