रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
बर्दघाट सुस्तापश्चिम, (नवलपरासी) २२ जेठः बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राममा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सो केन्द्र निर्माण सम्पन्न गर्न लागिएको हो । सांस्कृतिक भवन र सूचना केन्द्र जेठ महिनासम्म सम्पन्न गर्नेगरी रामग्राम नगरपालिका र हडहिया माई साँस्कृतिक भवन निर्माण उपभोक्ता समितिबीच २०८२ पुसमा सम्झौता भएको थियो । हालसम्म ९५ प्रतिशत भवन निर्माण सम्पन्न गरिसकेको रामग्राम नगरपालिकाका इन्जिनियर ललितनारायण चौधरीले बताउनुभयो ।
स्वदेशी तथा विदेशी पर्यटक थारू संस्कृति देखेर लोभिने गरेकाले रामग्राम नगरपालिकाले थारू समुदायको बाक्लो बसोबास रहेको परसावल गाउँमा थारू संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक भवन तथा सूचना केन्द्र स्थापनाको काम अघि बढाएको हो । स्वदेशी तथा विदेशी पर्यटकलाई राति बास बस्नका लागि स्थानीय थारू समुदायले होमस्टे निर्माण गरेर सञ्चालनमा ल्याउन लागेका छन् । हडहिया माई देवीको मन्दिर तथा पुरातत्वसँग सम्बन्धित दुई बिघा पोखरीमा विगतका दिनमा बौद्ध भिक्षुहरू विश्राम गर्न आउने गरेका रामग्राम नगरपालिका–१४ का वडाध्यक्ष ओमप्रकाश यादवले बताउनुभयो ।
हिन्दू तथा बौद्धधर्मसँग सम्बन्धित रहेकाले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारू समुदायले आफ्नो कला, सङ्गीत र नृत्य देखाउने उद्देश्यले रामग्राम नगरपालिकाले सांस्कृतिक भवन निर्माण गरेको हडहिया माई सांस्कृतिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपकप्रसाद चौधरीले बताउनुभयो ।
ताजा अपडेट
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया