अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु
पूर्वी अफगानिस्तानमा एक व्यक्तिले पुरानो विस्फोटक सामग्री चलाउने क्रममा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बर्माल जिल्ला मा सोमबार साँझ भएको घटनामा पाँच बालबालिका, उक्त व्यक्ति र अर्का एक वयस्कको ज्यान गएको हो । स्थानीय बासिन्दाका अनुसार ती व्यक्तिले विस्फोटक सामग्रीबाट केही निकालेर बेच्ने प्रयास गरिरहेका थिए।
त्यही क्रममा अचानक विस्फोट भएको थियो। विस्फोट हुँदा उनका बालबालिकासमेत नजिकै रहेका थिए । विस्फोटपछि घटनास्थलमा पुगेका स्थानीयले पीडितहरूको अवस्था अत्यन्त गम्भीर रहेको बताएका छन् । घटनामा केही अन्य व्यक्ति पनि घाइते भएका छन् । दशकौँदेखि युद्ध र द्वन्द्वका कारण अफगानिस्तानका विभिन्न क्षेत्रमा यस्ता खतरनाक विस्फोटक सामग्रीहरू अझै बाँकी रहेका छन् ।
ताजा अपडेट
- प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्
- सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
- बाढी प्रभावित क्षेत्रमा सल्यानका ६० जना, ५५ अझै सम्पर्क विहीन
- भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
- बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार अभियान
- रसुवा बाढी : ७ बैंकका २७ कर्मचारी सम्पर्कविहीन
- नेपालका बाढीपीडितको सम्झनामा बार्सिलोनाका खेलाडीको मौनधारण
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया