अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि उच्च प्रयास गर्न राष्ट्रसङ्घको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि आफ्ना प्रयासहरूलाई उच्च र दोब्बर बनाउन आह्वान गर्दै द्वन्द्वको पूर्ण पुनरुत्थान गर्ने कुनै पनि क्रियाकलापबाट बच्नु पर्ने कुरामा जोड दिनु भएको छ । इरानमाथि अमेरिकाले गरेको आक्रमण र खाडी लगायतकाका छिमेकी देशहरूमा इरानले गरेको प्रतिआक्रमण र शत्रुतापूर्ण क्रियाकलापबाट उल्लेखनीय वृद्धि सहित मध्यपूर्वमा जारी तनावबाट महासचिव गुटेरेस चिन्तित भएको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय कानुन अनुसार समुद्री अधिकार र स्वतन्त्रताको अभ्यासलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो दायित्व कायम राखी नागरिकहरूको सुरक्षाका लागि आवाश्यक सावधानी अपनाउन आह्वान गर्नु भएको छ ।
शान्ति प्रक्रियामा अगाडि बढ्ने एक मात्र प्रक्रिया वास्तविक संवाद र वार्ताको माध्यमबाट भएको बताउदै डुजारिकले वाशिङ्गटन र तेहरानलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षालाई अगाडि बढाउन स्थायी शान्ति सम्झौतामा पुग्न दुवै पक्षले आफ्ना प्रयासलाई दोब्बर बनाउन आग्रह गर्नु भएको हो ।
ताजा अपडेट
- बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी
- बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
- रूस – युक्रेन आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु
- अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि उच्च प्रयास गर्न राष्ट्रसङ्घको आह्वान
- मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता पोखरेल
- युनलाई थप ३० वर्ष जेल सजाय
- फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया