स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
काठमाडौँ, १ असारः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेटघाट गर्नुभयो । सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणका साथै विभिन्न परियोजनामार्फत भएको सहयोगका लागि मन्त्री मेहताले प्रशंसा गर्नुभयो । सो अवसरमा जर्मनी सरकारका तर्फबाट राजदूत भोल्जले हालको परिस्थितिमा सरकारको प्राथमिकताका क्षेत्रमा अझ सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटघाटमा जर्मनका तर्फबाट केएफडब्ल्यु जिआइजेड र पिटीआई नेपालमा कार्यरत संस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।
ताजा अपडेट
- उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग
- नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
- उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ
- फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे
- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।
- सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् ।
- प्रतिनिसभामा मन्त्री अनुपस्थित, पन्ध्र मिनेटका निम्ति बैठक स्थगित
- अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया